पूर्व आइजिपीको प्राणान्त

पूर्व आइजिपीको प्राणान्त

नेपाल प्रहरीका भूतपूर्व आईजी खड्गजीत बरालको आज निधन भएको छ ।

९३ वर्षका बरालको अहिले एकछिनमा पशुपति आर्यघाटमा अन्तिम बिदाइ र दाहसंस्कार गर्न लागिएको छ ।

बरालको निधनमा नेपाल प्रहरीले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । प्रहरीले संगठनको श्रीबृद्धि र उन्नतिमा भूतपूर्व प्रहरी प्रमुख स्वर्गीय बरालको योगदान स्वर्णिम र जीवन्त रहने जनाएको छ ।

टिप्पणीहरू