संक्रमणका वावजुद प्रहरीका भ्याली कमाण्डर सकृय, पूर्वडीआईजी रमेश खरेल अस्पतालमा

संक्रमणका वावजुद प्रहरीका भ्याली कमाण्डर सकृय, पूर्वडीआईजी रमेश खरेल अस्पतालमा

नेपाल प्रहरीका उपत्यका प्रमुख एआईजी हरि पाल कोरोना संक्रमित हुनुभएको छ । कोरोनाले शरीर गालेतापनि उहाँको सक्रियतामा भने कमि नआएको बताइन्छ ।

सुरक्षा निकायका भ्याली कमाण्डर नै कोरोनाको आक्रमणमा परेपछि कोरोनाले कसैलाई भेदभाव नगर्ने बताइएको छ । प्रहरी स्रोतका अनुसार पालको स्वास्थ्य अवस्था सामान्य छ ।

पूर्वडिआईजी रमेश खरेल पनि स्वास्थ्य समस्या देखिएपछि नेपाल प्रहरी अस्पताल,पानीपोखरीमा भर्ना हुनुभएको छ । अर्का दुई जना डीएसपीलाई पनि सिकिस्त भएकोले त्यहि अस्पतालमा भर्ना गरिएको बताइन्छ ।

स्रोत भन्छ ‘खरेलका साथै डीएसपी समिपचन्द्र खरेल र राजकुमार केसीलाई संक्रमणले निकै गाह्रो बनाएको छ ।’

यसबीच काठमाडौं उपत्यकामा दुई सय जनाभन्दा बढी प्रहरी संक्रमित भएका छन् । जम्मा १२ हजार प्रहरीको दरबन्दी रहेको भ्यालीमा १० हजारभन्दा बढी कार्यरत छन् ।

प्रहरीले निकालेको पछिल्लो निचोडअनुसार फिल्डमा खटिएका प्रहरीमा सबैभन्दा बढी संक्रमण भएको देखिन्छ । सर्वसाधारणसँग बढी सम्पर्कमा आउनेलाई संक्रमण भएको हो । विशेषगरी,नागढुंगा, दक्षिणकाली,साँगा नाकामा खटिएका प्रहरीमा संक्रमण देखिने गरेको छ ।

पेप्सीकोला क्षेत्रमा खटिएकालाई प्रहरीमा पनि संक्रमण देखिएको छ । सङ्गै खाने,साथै बस्ने सामुहिक मेस र ब्यारेक सिस्टम तथा मुध्दा मामिलासहित फिल्डमै गएर सक्नुपर्ने अपराध अनुसन्धानको कारण प्रहरीका सबैजसो युनिटमा एक दुई जना संक्रमित भेटिएकै छन् । पर्याप्त पोषिलो भोजन र स्वास्थ्य सामग्रीको अभावका वीच

हाम्रा सुरक्षाकर्मीले हामीलाई सुरक्षित राख्न गरिरहेको अथक प्रयत्नको सर्वत्र प्रशँशा हुने गरेको छ ।

टिप्पणीहरू