चीनबाट आज थप स्वास्थ्यसामग्री आइपुग्दै

चीनबाट आज थप स्वास्थ्यसामग्री आइपुग्दै

छिमेकी मित्रराष्ट्रमा फैलिएको कोरोना महामारी रोकथाम भन्दै चीनले नेपाललाई विभिन्न किसिमका सहयोग उपलब्ध गराउन थालेको छ ।

चीनले दिने भनेको २० हजार थान अक्सिजन सिलिण्डरमध्ये आज साँझसम्म २ हजार थान काठमाडौं आइपुग्ने बताइएको छ ।

आजै चीनको सिचुआन प्रान्तीय सरकारले आफ्नै जहाजमा हालेर एउटा जहाजभरि स्वास्थ्य सामाग्री पठाउँदैछ । त्यसमा मास्कलगायतका सामाग्रीहरु रहेको बताइएको छ ।

भोलि ल्हासाबाट पहिलो लटमा लिक्विड अक्सिजन १ सय २० सिलिण्डर आइपुग्ने उच्च स्रोतले बताएको छ । यसअघि चीनले आठ लाख डोज भेरोसिल खोप उपलब्ध गराइसकेको छ ।

नेपाल सरकारले चाहेमा चीन थप सहयोगको लागि तयार रहेको बताइएको छ । तर,एक वर्षदेखि नेपाल सरकार आफूलाई यो यो सामान चाहियो भनेर लिस्ट दिन र हाक्काहाक्की कुरा राख्न हिच्किचाइरहेको स्रोतको दाबी छ ।

टिप्पणीहरू