गरिव बालकहरुको किन हत्या गरियो ?

गरिव बालकहरुको किन हत्या गरियो ?

बाराको सदरमुकाम कलैयामा दाजुभाइ मार्ने एकजना २८ वर्षका युवकलाई पक्राउ गरिएको छ ।

डिएसपी गौतम मिश्र भन्छन्, ‘स्थानीय एक जनालाई दुबै जना बालकको हत्यामा संलग्नताको आरोपमा पक्राउ गरेका छौँ, । ’उनका अनुसार,मंगलबार बिहान कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी जफर अन्सारीका ९ वर्षका छोरा उस्मान र ७ वर्षका अमिन अन्सारीको शव फेला परेको थियो ।

सोमबार साँझ खेल्न भनेर घरबाट निस्किएका दुबै जना बालक रातिदेखि नै हराएका थिए । धारिलो हतियारले हानेको अवस्थामा वडा नम्बर ७ कै मदरसाको निर्माणाधीन भवनमा दुबै जना बालकको शव फेला परेपछि महोत्तरीको बर्दिबासबाट आएको तालिमप्राप्त कुकुरसहितको प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरेको थियो ।

अनुसन्धान क्रममा सोही स्थानका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्या गरिएका बालक सामान्य परिवारको रहेकाले धन सम्पत्तिभन्दा पनि व्यक्तिगत रिसइबी कारक हुनसक्ने प्रारम्भिक अनुसन्धानको निचोड छ ।

टिप्पणीहरू