ऋणीलाई एक महिने राहत

ऋणीलाई एक महिने राहत

कोभिड १९ को महामारीले गर्दा व्यापार व्यवसाय चौपट भएर थाप्लामा हात राख्दै बसेका बैंकका ऋणी उद्यमी तथा व्यवसायीलाई केही हदसम्म भए पनि राहत मिल्ने भएको छ ।

निषेधाज्ञाले ऋणीहरुले भोगेको आर्थिक समस्याको मूल्याकंन गर्दै ऋणको व्याज,किस्ता तिर्न छुट गर्नुपर्ने र एक महिनासम्म धितो लिलामीसम्बन्धी सूचना प्रकाशित गर्न नपाउने निर्देशन सबै वित्तीय संस्थाहरुलाई जारी गर्ने निर्णय गरेपछि यस्तो राहत मिलेको हो ।

यस निर्णयले गर्दा सेवाग्राहीबाट कर्जा असुली सम्बन्धमा कुनै किसिमको पेनाल्टी वा अतिरिक्त शुल्क पनि नलिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यस अवधिमा मुद्दति निक्षेप नविकरण,जमानत तथा प्रतीत पत्र नविकरण र कर्जाको नविकरण सम्बन्धित ग्राहकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले गर्न सक्ने व्यवस्था पनि मिलाएको छ ।

यी निर्णयहरु राष्ट्र बैंकको मौद्रिक नीतिको तेस्रो चौमासिक समीक्षाको क्रममा लिइएको हो ।

टिप्पणीहरू