माधव नेपाललाई बादलको आग्रह–तपाईंको अप्ठ्यारो बुझ्दछु,विवेकको मत प्रयोग गर्न भन्दिनुपर्यो

माधव नेपाललाई बादलको आग्रह–तपाईंको अप्ठ्यारो बुझ्दछु,विवेकको मत प्रयोग गर्न भन्दिनुपर्यो

पर्सि हुने राष्ट्रिय सभाको निर्वाचनमा आफूलाई मत दिलाउन अनुरोध गर्दै गृहमन्त्री रामबहादुर थापा बादल साइरन लगाएर आज दिउँसो एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुग्नुभएको छ ।

झण्डै आधा घण्टा नेपाल निवासमा बिताउनुभएका मन्त्रीले के जवाफ पाएर फर्किनुभयो होला ? सबै जिज्ञासु बनेका छन् । नेपालको सचिवालय स्रोतका अनुसार थापाले छिर्नेबित्तिक्कै सहजिकरणको लागि कमरेडकोमा आएको भन्नुभएको थियो ।

नेपालले जवाफ दिनुभयो, ‘तपाईंले उम्मेदवारी दिनुुहोला भन्ने लागेको थिएन,त्यसमाथि जित्ने अवस्थामा मात्रै उठ्छु भन्नुभएको थियो । पछि अचानक तपाईंको उम्मेदवारीको कुरो आएपछि अचम्म लाग्यो’ ।

“शेरबहादुर र प्रचण्डजीसँग एक खालको कुरा गरिसकेपछि खिमलालजीलाई धोका दिन मिल्छ,ल भन्नुहोस् त ?”

नेपालको भनाई उद्धृत गर्दैै स्रोत भन्छ ‘तर तपार्ईंले उम्मेदवारी कन्फर्म गर्नुभन्दा अगावै डा. खिमलाल देवकोटा मलाई भेट्न आउनुभएको थियो । उहाँ आइसकेपछि काँग्रेस र माओवादीका सभापति र अध्यक्षसँग कुरा गर्दा उहाँहरू पनि देवकोटाप्रति सकारात्मक भएको पाएँ । तपाईं पहिले मलाई भेट्न आउनुभएन । मकहाँ आउने पहिलो उम्मेदवार देवकोटा नै हो ।’

आफ्नो कुरो एकोहोरो सुनिरहनुभएका थापालाई उहाँले भन्नुभयो ‘उहाँ (देवकोटा) लाई मैले सकारात्मक हुनुुहोस् भनिसकेको छु । अब मैले बेइमानी गर्न भयो ? भन्नुहोस् त ? मेरो विश्वसनीयताको लागि पनि शेरबहादुर र प्रचण्डसँग एक खालको कुरा गरिसकेपछि खिमलालजीलाई धोका दिन मिल्छ,ल भन्नुहोस् त ? ’

“नेपालको प्रश्नको जवाफ दिँदै बादलले भन्नुभयो ‘हो मिल्दैन, तपाईंको अप्ठेरो म पनि बुझ्छु । विवेकको मत प्रयोग गर्नको लागि भन्दिनपर्यो भन्ने मात्रै मेरो आग्रह हो । म पनि योभन्दा धेरै भन्न सक्दिनँ ।’

नेपालको प्रश्नको जवाफ दिँदै बादलले भन्नुभयो ‘हो मिल्दैन, तपाईंको अप्ठेरो म पनि बुझ्छु । विवेकको मत प्रयोग गर्नको लागि भन्दिनपर्यो भन्ने मात्रै मेरो आग्रह हो । म पनि योभन्दा धेरै भन्न सक्दिनँ ।’

स्रोत भन्छ,‘थापाले राजनीतिक प्रवृत्ति देखाउँदै सकारात्मक रुपमा प्रस्तुत भएर विवेकको मत माग्नुलाई व्यक्तिगत रुपमा सुझबुझपूर्ण आग्रहको रुपमा लिइएको छ ।’

यता काँग्रेस,माओवादी र जसपाको एउटा समूहसँगै उम्मेदवारी दर्ताको समयसम्म एमाले वरिष्ठ नेता नेपाल समूहले समेत डा. खिमलाल देवकोटालाई नै समर्थन गरेको थियो । त्यसैकारण पर्सि हुन लागेको निर्वाचन निकै पेचिलो बनेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग चपली हाइटको भेटवार्तामा पनि नेता नेपालले राष्ट्रिय सभा उपनिर्वाचन र उम्मेदवारको विषयमा कुनै हालतमा ‘नो इफ,नो बट’ भनेर भन्नुभएको नेपालका निजी सचिव मोहन गौतमको दाबी छ । त्यतिबेला प्रधानमन्त्रीले उपचुनावको सन्दर्भमा छुस्स कुरा निकालेपछि नेपाल ‘नो’ भनेर पन्छिनुभएको थियो ।

त्यहि सन्दर्भ जोड्दै प्रधानमन्त्रीसामु चालु वार्ता अल्मल्याउने नयाँ दाउ त होइन ? भनी आशंका ब्यक्त गरिएको गौतमको भनाइ छ ।

टिप्पणीहरू