पहिलो लहरमा यौनजन्य घटना, अहिले आत्महत्या र कालोबजारी

पहिलो लहरमा यौनजन्य घटना, अहिले आत्महत्या र कालोबजारी

कोरोना महामारीको पहिलो लहरमा लागू गरिएको बन्दाबन्दीताका यौनजन्य हिंसाका घटना धेरै हुन्थे भने अहिले दोस्रो लहरको कोरोना महामारीका कारण लगाइएको निषेधाज्ञामा भने आत्महत्याका घटना बढी देखिएको छ ।

महानगरीय उपत्यका अपराध अनुसन्धान महाशाखाका एसएसपी चन्द्रकुबेर खापुङ्गका अनुसार यसपटक अन्य घटनाको तुलनामा बढि आत्महत्या भएका छन् । अन्य आपराधिक घटना क्रमिक रुपमा कम देखिएको खापुङ्गले बताउनुभयो ‘अहिले कालोबजारी र आत्महत्याका घटना मात्र आउने गरेको छ । “

चोरी,लुटपाटलगायतका अन्य घटना लगभग शून्यमा पुगेको उहाँको भनाई छ । यौनजन्य घटनामा पनि बलात्कार,घरेलु हिंसालगायतका घटनामा पनि निकै कमि आएको जानकारीसहित उहाँले भन्नुभयो ‘यो बीच प्रहरीमा त्यसखालका उजुरी परेको छैन ।’

टिप्पणीहरू