तास खेल्ने सात भाइ समातिए, खेलाउने फरार

तास खेल्ने सात भाइ समातिए, खेलाउने फरार

भक्तपुरमा तास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई समातेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले चाँगुनारायण नगरपालिका-४ चाँगुछापस्थित मिना तामाङको घरमा तास खेलिरहेका अरुण गुरुङसहित ७ जनालाई सोमबार समातेको हो ।

सोमबार साँझ मिनाको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ पुगेको प्रहरी टोलीले ८२ हजार रुपैयाँ र ६ बुक तास सहित सातै जनालाई पक्राउ गरेको हो ।

मिना भने अहिले फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले बताएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भैरहेको पनि जानकारी दिएको छ ।

टिप्पणीहरू