चुनाव गराउने मुख्य थलोमै कोरोना आतंक

चुनाव गराउने मुख्य थलोमै कोरोना आतंक

निर्वाचन आयोग भोलि हेटौंडा र जेठ १७ गते बुटवलमा हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा जुटेको छ ।

यता कोरोना संक्रमणबीच हुन लागेको उपनिर्वाचनको संघारमा आयोगका धेरैजना कर्मचारी भने संक्रमित बनेको पाइएको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको कार्यालयमा खाजा,पानी,चिया खुवाउने कार्यालय सहयोगी नै संक्रमित बनेपछि आयोगका सबै त्राहिमाम छन् ।

बहादुर भवन,जमलस्थित आयोगमा कार्यरत झण्डै आधा दर्जन कर्मचारीमा परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनीहरु घरमै बसेका छन् ।

आयोगको इलाम र कैलालीका कार्यालय प्रमुखलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

टिप्पणीहरू