नेकपा विभाजनको एउटा मूल्य ६४ लाख, भाेलि अग्निपरीक्षा

नेकपा विभाजनको एउटा मूल्य ६४ लाख, भाेलि अग्निपरीक्षा

पर्सि ६ गते हेटौंडामा हुन लागेको राष्ट्रिय सभा उपचुनावको तयारी अन्तिम चरणमा पुगेको छ ।

गाउँ र नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष,मेयर तथा उपमेयर एवम् प्रदेश सभाका सांसद गरी बागमतीमा जम्मा ३ सय ४८ जना मतदाता छन् । प्रदेश सभासद ११०,मेयर उपमेयर र गाउँपालिका अध्यक्ष/ उपाध्यक्ष गरी २३८ जना पर्सि हेटौंडा पुग्नेछन् ।

नतिजा मतदान सकिएको बढीमा तीन घण्टामा घोषणा गर्ने तयारी छ । मतदानको लागि झण्डै ३० जना कर्मचारी फिल्डमा खटिएका छन् । मुख्य निर्वाचन अधिकृत भने मकवानपुर जिल्ला अदालतका न्यायाधीशलाई तोकिएको छ ।

खर्च बागमती र लुम्बिनीमा गरी १ करोड २८ लाखभन्दा बढी हुने बताइएको छ । अहिले बागमतीको लागि ६४ लाख निकासा भइसकेको छ । मतदाताको हकमा आयोगले कुनै खर्च नगरे पनि कर्मचारीलाई भने अन्य चुनावमा झैं सुविधा तोकिएको छ ।

यसमा संलग्न आयोगका कर्मचारीले थप एक महिनाको तलब छुट्टै पाउँछन् । निर्वाचनस्थलमा खटिएका कर्मचारी,सुरक्षाकर्मीलाई दैनिक भ्रमण भत्ता छुट्टै दिइने छ । अन्य खर्च र मसलन्द खर्चसमेत जोड्दा बागमतीमा ६४ लाख रुपैयाँ खर्च हुने अनुमान आयोगको छ ।

बागमतीको हकमा राजनीतिक दलसम्बन्धी कुनै विवाद नदेखिए पनि लुम्बिनी प्रदेशसभामा जसपाका चार जना सांसदको विषय दुई हप्तालाई सर्वोच्च अदालतले हिजो होल्डमा राखेको छ । जसपाले कारबाही गरेर हटाइएका चार जना सांसदलाई तत्काल नहटाउन सर्वोच्चले आदेश दिएको छ ।

उनीहरूले जेठ १७ गतेको उपनिर्वाचनमा मतदान गर्न पाउने नपाउने १६ गतेको दोहोरो छलफलबाट प्रस्ट हुनेछ ।

टिप्पणीहरू