कोभिडका कारण ५० शिक्षकको निधन

कोभिडका कारण ५० शिक्षकको निधन

कोरोना महामारीका कारण हालसम्म ५० जना शिक्षकले ज्यान गुमाएका छन् । कोरोना महामारीका कारण शैक्षिक क्षेत्र सबैभन्दा अन्यौलग्रस्त देखिन्छ ।

विद्यालयहरु पूर्ण रुपमा बन्द छन् । तर पनि शिक्षकहरुले संक्रमणका कारण ज्यान गुमाइरहेका समाचार आइरहेका छन् ।

कोरोनाबाट ज्यान गुमाउने शिक्षकहरुमा मनिषा थापा, रुपा चटर्जी, दुर्गा तिवारी, पार्वती न्यौपाने, लोकराज भट्ट, मञ्जु केसी, हरिभक्त रोकाया, घनश्याम चौधरी, काशी सिंह कार्की, निर्मल मिश्र, धर्मनन्द ओझा, रुद्र खरेल, नवराज कालाथोकी, टोकबहादुर पाण्डे, सुरत खड्का, जुना पौडेल, वसुधा खड्का, रामदेव चौधरी, उद्ववराज भट्टराई, गिरबहादुर क्षेत्री, नवराज सापकोटा, नवीन कर्ण, चित्रदेव भट्ट, बाबुराम लामिछाने, चन्द्रावती गुरुङ रहेका छन् ।

यस्तै, संजीव पन्त, नवदेश्वर चौधरी, रामवावु यादव, नारायण ज्ञवाली, मदनकुमार शर्मा, वमबहादुर कुँवर, शिवराज जोशी, डिलबहादुर नेपाल, गणेशहरी आचार्य, वमबहादुर थापा, केशव शाही, केशव काफ्ले, इन्द्रबहादुर बस्नेत, धनबहादुर विक, पुनित कुशवाह, कुलबहादुर घर्ती, गोपाल पाठक, फराह चौहान, भानु जैसी बञ्जाडे, धर्मानन्द भट्ट, मानबहादुर कुमाल, नवराज खनाल, आदित्य दास र टंकबहादुर मगरले ज्यान गुमाएका छन् ।

टिप्पणीहरू