आज पनि प्रहरीले १ सय ६१ वटा अक्सिजन सिलिन्डर बटुल्यो

आज पनि प्रहरीले १ सय ६१ वटा अक्सिजन सिलिन्डर बटुल्यो

नेपाल प्रहरीको सक्रियतामा आज देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा १ सय ६१ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ ।

जसमध्ये ९२ वटा भरिएका र ६९ वटा रित्तो सिलिन्डर हुन् । आजका १ सय ६१ वटा र यसअघिका ८६ वटा गरी जम्मा २ सय ४७ वटा सिलिन्डरमध्ये आज १ सय ४९ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ ।

बाँकी ९८ वटा अक्सिजन सिलिन्डरहरु जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकताअनुसार वितरण गरिने बताइएको छ ।

आवश्यकताभन्दा बढी सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा मौज्दात गरी राखेका सिलिन्डर सङ्लन गरी उपलब्ध गराइएको प्रहरीले बताएको छ ।

नेपाल प्रहरीको सक्रियतामा वैशाख २६ गतेदेखि हालसम्म ८ हजार ९ सय ९ वटा सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन उद्योगलाई उपलब्ध गराइएको छ ।

टिप्पणीहरू