निषेधाज्ञाको पूर्ण पालना भएको छ : काठमाडौं सिडिओ (भिडियो)

निषेधाज्ञाको पूर्ण पालना भएको छ : काठमाडौं सिडिओ (भिडियो)

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको बताउनुभएको छ ।

निषेधाज्ञा अनुगमन गर्न नागढुंगा नाका पुग्नुभएका पराजुलीले निषेधाज्ञाको पूर्ण पालना भएको र चेकजाँचलाई पनि कडा बनाइएको बताउनुभएको हो । अत्यावश्यक बाहेकका कुनैपनि सवारी साधन नचलेको समेत उहाँले दाबी गर्नुभएको छ ।

“मास्क नलगाउनेलाई कारबाही गरी ६ लाख रुपैयाँ जरिवाना गरिसकेको र निषेधाज्ञाको उल्लंघन गर्ने ३० हजार सवारी साधनलाई हालसम्म होल्डिङमा राखिएको छ ।”

उहाँका अनुसार नियमित रुपमा निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि प्रहरी र प्रशासनले अनुगमन गरिरहेको छ । अत्यावश्यक सवारी साधनबाहेक नचलेकाले निषेधाज्ञा पूर्ण पालना भएको छ ।

पराजुलीले नेपाल प्रहरी,सशस्त्र प्रहरी,ट्राफिक प्रहरी,राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको संयुक्त संयोजनमा प्रभावकारी कार्यसम्पादन भएको समेत बताउनुभएको छ ।

उहाँले नेपाल प्रहरीले मास्क नलगाउनेलाई कारबाही गरी ६ लाख रुपैयाँ जरिवाना गरिसकेको र निषेधाज्ञाको उल्लंघन गर्ने ३० हजार सवारी साधनलाई हालसम्म होल्डिङमा राखिएको समेत जानकारी दिनुभयो ।

टिप्पणीहरू