तीन ठाउँमा बेवारिसे लाश फेला

तीन ठाउँमा बेवारिसे लाश फेला

मकवानपुर,उदयपुर र काठमाडौंमा गरी तीन वटा बेवारिसे लाश फेला परेको छ ।

प्रहरीका अनुसार मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेका ३५ वर्षीय दिपक वाईवा घरबाट करिब ५ सय मीटर टाढा ज्ञान ज्योति प्राविको कम्पाउण्डभित्र मृत अवस्थामा फेला परेका छन् ।

यस्तै,उदयपुरको कटारीमा एक बृद्ध मृत भेटिएका छन् । कटारी नगरपालिका–२ गराँसस्थित कमला खोलाको किनारमा सिन्धुली दुधौली नगरपालिका–११ लबाहाका ७० वर्षीय चतुरमान बस्याल मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

यता काठमाडौंमा पहिचान नखुलेको अर्को एक शव फेला परेको छ । महाराजगंजस्थित चुनदेवी जाने सडक छेउमा पहिचान नखुलेका करिब ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू