कोरोनाले बिहेको १२ औं दिन नवदम्पत्तिको बिछोड

कोरोनाले बिहेको १२ औं दिन नवदम्पत्तिको बिछोड

बर्दियामा हालै विवाह गरेका एकजना युवाको कोरोना संक्रमणले गर्दा १२ दिनमै निधन भएको छ । दैलेखको भैरवी गाउँपालिका ४ का २५ वर्षे धर्मेन्द्र रिजालको कोरोनाको कारण हिजो बर्दियामा निधन भएको हो ।

गत बैशाख १८ गते दाम्पत्य जीवन शुरु गरेका धर्मेन्द्रको हिजो निधन भएको हो । उनको निधनमा कृष्ण पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन् ‘कठोर मृत्यदण्ड ! पापी कोरोना !!

हाम्रो भाञ्जाबाबुको मृत्युमा हाम्रा गुरु तथा अविभावक शान्ति सरको साथै सपरिवारमा समवेदनाको साथै धैर्यधारणको लागि अनुरोध गर्दै मृतात्माको चीरशान्तिको कामना !!

सबै मृत्युलाई बिर्साउने विवाहको भोलिपल्ट संक्रमित भई १२ दिनमै भयानक मृत्यु !!’ यता बुटवलमा पनि हालै विवाह गरेका २९ वर्षे युवकको भोलिपल्टै कोरोना परीक्षणमा पोजिटिभ देखिएपछि केही दिनको अस्पताल बसाईपश्चात निधन भएको थियो ।

टिप्पणीहरू