कोरोना रोकथाम गर्न झण्डै ३ अर्ब

कोरोना रोकथाम गर्न झण्डै ३ अर्ब

अर्थ मन्त्रालयले कोभिड १९ महामारी व्यवस्थापनको निम्ति मुलुकभरका विभिन्न ३५ वटा अस्पताललाई २ अर्ब ९५ करोड २० लाख रुपैयाँ निकाशा गर्ने भएको छ ।

मन्त्रालयले अस्पतालमा भेण्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क निर्माण गर्न उक्त रकम दिन लागेको हो ।

अर्थ मन्त्रालयले हिजो स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रानुसार केन्द्रीय अस्पताल र प्रादेशिक अस्पताल गरी दुई भागमा छुट्याइएको छ ।

यस्तै केन्द्रीय र प्रादेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाको लागि झण्डै आधा रकम निकाशा गरिएको छ ।

त्यसका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

टिप्पणीहरू