एकै थलोबाट दुबैथरि एमाले नेताले सम्झिए मदनलाई

एकै थलोबाट दुबैथरि एमाले नेताले सम्झिए मदनलाई

एमालेका तत्कालीन महासचिव तथा जननेता मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको आज २८ औं स्मृति दिवस मनाईंदैछ ।

यही क्रममा बल्खु,मदननगरस्थित एमालेको पुरानो पार्टी कार्यालयमा भर्खरै स्मृति कार्यक्रम सम्पन्न भएको छ ।

त्यहाँस्थित मदन भण्डारीको शालिकमा कार्यक्रमका प्रमुख अतिथि तथा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पगुच्छा चढाउनुभएको छ ।त्यसैगरी समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा बादल,शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, खानेपानी तथा सरसफाई मन्त्री मणिकुमार थापा,पूर्वमन्त्री एवम् स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पनि पुष्पगुच्छा तथा माल्यार्पण गर्नुभएको छ । कार्यक्रममा उपमहासचिव घनश्याम भुसाल,पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् उपाध्यक्ष वामदेव गौतम,पूर्वकानुन मन्त्री शेरबहादुर तामाङ,योजना आयोगका उपाध्यक्ष डा.पुष्प कँडेल,पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलगायत नेता तथा कार्यकर्ताले पनि जननेता भण्डारीको शालिकमा माल्यार्पण गर्नुभएको छ ।

टिप्पणीहरू