कोभिडको कारण भरत सुवेदीको मृत्यु

कोभिडको कारण भरत सुवेदीको मृत्यु

कोरोना संक्रमणको कारण नेपाल सरकारका पूर्व सहसचिव भरत सुवेदीको पनि निधन भएको छ ।

सुवेदी अख्तियारले राजश्वका २२ जना कर्मचारीलाई मुद्दा चलाउँदा पक्रन नसकेको एकमात्र सरकारी कर्मचारी थिए । बहालरत कर्मचारी छँदै पारिवारिक कारण उनले अष्ट्रेलियाको स्थायी आवासीय सुविधा (पीआर) लिएका थिए ।

सात वर्षअघि उनलाई तत्कालीन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको समयमा राजश्व अनुसन्धान विभागमा सरुवा गरिएपछि सर्वत्र आलोचना भएको थियो । लामो समयसम्म रमाना नभएपछि उनले आफ्नै सहकर्मी सहसचिव तीर्थराज खनालप्रति सार्वजनिक गुनासो पोखेका थिए ।

लगत्तै खनालले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सुवेदीले ज्यान मार्ने धम्की दिएकाले आवश्यक सुरक्षा गरिपाउँ भनी निवेदन हाले । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले राजश्वमा लैजान खोज्दा पनि उनको रमाना पत्रमा दस्तखत गर्न सामान्य प्रशासन मन्त्रालयका सहसचिव खनाल अनकनाएका थिए ।

त्यतिबेला सुवेदी श्रम तथा रोजगार मन्त्रालयमा थिए । खनालले सिडियो कार्यालयमा निवेदन हालेपछि तत्कालीन गृहसचिव सूर्य सिलवालले प्रहरी प्रधान कार्यालयलाई खनालको जीवनरक्षाको निम्ति आवश्यक प्रबन्ध गर्न आदेश दिएका थिए ।

टिप्पणीहरू