लकडाउनले आयल निगम नाफामा,पेट्रोल खपत घट्यो, डिजेल उस्तै

लकडाउनले आयल निगम नाफामा,पेट्रोल खपत घट्यो, डिजेल उस्तै

बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकालगायत अधिकांश जिल्लामा लगाइएको निषेधाज्ञाको कारण नेपाल आयल निगमको नाफा अचम्मसँग बढेको छ ।

सँधै घाटामा देखिएको निगमको पछिल्लो पन्ध्र दिनमा पेट्रोलियम पदार्थको बिक्री कम भएपछि नोक्सान कम भएको हो ।

नोक्सान कम भएपछि नाफा बढेजस्तै भएको एकजना उपल्लो तहका कर्मचारीले बताएका छन् ।
यसबीच हवाई जहाजको उडान पनि ठप्पप्रायः भएकाले हवाई इन्धनको उपभोग पनि लगभग छैन । पेट्रोलको खपत भने आधाले घटेको बताइन्छ । तर डिजेलको उपभोगमा खासै असर नपरेको उनी बताउँछन् ।

स्रोत भन्छ-डिजेल कूल खपतमा ३५ देखि ४० हजार लिटर मात्र घटेको देखिन्छ । मालबाहक गाडी सबैजसो चलेकाले डिजेलमा खासै असर नपरेको हो ।

खेतिपातीमा प्रयोग हुने सवारी साधन र मेशिनले समेत मनग्गे डिजेल प्रयोग गर्ने भएकाले पनि डिजेलको उपभोगमा कमि नआएको बताइएको छ ।

टिप्पणीहरू