परिवारै उल्टिएपछि संसदलाई सास्ती (भिडियाे सहित)

परिवारै उल्टिएपछि संसदलाई सास्ती (भिडियाे सहित)

संघीय संसद सचिवालयले दोश्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ । संसदसँग मात्रै सरोकार राख्नेहरुभन्दा बाहिरका धेरै जना खोप कार्यक्रममा सहभागी भई यसबाट खोप अभाव उत्पन्न भएको देखाउँदै सचिवालयले खोप कार्यक्रम रोकेको हो ।

संसद सचिवालयले माग गरेभन्दा झण्डै दोब्बर संख्यामा खोप लगाउनेहरु आज जम्मा भएका थिए । संसद सचिवालयले सिभिल अस्पतालमा कोभिडसिल्डको पहिलो खोप लगाएका सांसद, कर्मचारी,मर्यादापालक,संसदीय पत्रकारलगायतका लागि मात्र दोस्रो डोजको कार्यक्रम राखेको थियो ।

सचिवालयले अघिल्लो डोज झैँ १४ सय ६५ खोप मागेर भीड नहुने गरी लगाउन ३ दिनको कार्यतालिका सार्वजनिक गरेको थियो । सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले दोस्रो डोजको सुनिश्चितता नहुँदा सांसदका परिवार,आफन्त, नजिकका मान्छेसँगै संसद सचिवालयभन्दा बाहिरका सहभागी भएर समस्या भएको बताउनुभयो ।

संसद सचिवलायले १४ सय ६५ डोज खोप माग गरेकोमा दुई दिनमा १७ सय २९ खोप लगाइएको छ । हिजो १ गते ९ सय ५० जनाले र अस्ति ७ सय ७९ जनाले खोप लगाएका थिए । अझै पनि संसद सचिवालयका मर्यादापालक,सुरक्षाकर्मी र पत्रकारहरुले भने दोस्रो डोज लगाउन पाएका छैनन् ।

टिप्पणीहरू