कोरोनाविरुद्ध खोपको दोस्रो डोज लगाउन थालियो ( भिडियो)

कोरोनाविरुद्ध खोपको दोस्रो डोज लगाउन थालियो ( भिडियो)

कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजदेखि लगाउन शुरु गरिएको छ ।

यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा सञ्चालित खोपकेन्द्रहरु मार्फत् लगाउन शुरु गरिएको हो ।

भेरोसेल खोप लगाउन ३२ वटै वडामा खोपकेन्द्र सञ्चालन गरिएको काठमाण्डौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभएको छ । उहाँले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै भौतिक दूरी कायम गरी खोप लगाउन र खोप लगाइसकेपछि कुनै समस्या आएमा स्वास्थ्यकर्मीलाई तत्काल जानकारी गराउन आग्रह गर्नुभएको छ ।

भेरोसेल खोपको दोस्रो मात्रा जेठ २ गतेदेखि ११ गतेसम्म लगाइने छ । फागुन २५ गतेदेखि बैशाख १५ गतेभित्र पहिलो डोज लगाएकाहरुले आफ्नो नजिकको केन्द्रमा गएर बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सकिने छ । निषेधाज्ञाको समयमा खोप कार्ड मार्फत आवतजावत गर्न सकिने तर पहिलो मात्रा लगाएको भए पनि कोरोना संक्रमित भएको ३० दिनभित्र भने खोप लगाउन नमिल्ने बताइएको छ ।

काठमाडौं महानगरपालिकाले तोकेको ३२ वटा खोप केन्द्रहरुमा नन्दीरात्री स्कुल नक्साल, २ नं. वडा कार्यालय, ३ नं. वडा कार्यालय महाराजगञ्ज, विशाल मिलन केन्द्र चण्डोल, ५ नं. वडा कार्यालय परिसर हाँडीगाउँ, महेन्द्र बौद्ध उच्च मा.वि., पूरानो हिमालय विद्यामन्दिर हालको युरो किंगडम रातोपुल, ८ नं. वडा कार्यालय, गुह्येश्वरी मा.वि., डोनाल्ड रेष्टुरेन्ट बानेश्वर रहेका छन् ।

त्यस्तै, विश्व निकेतन स्कुल, बुद्धमाई सेन्टर टेकु, जनप्रभात मा.वि. कालिमाटी, १४ नं. वडा कार्यालय भुवनेश्वरी मन्दिर चौर, भुईंखेल चौर स्वयम्भु, जुडो हल नयाँबानेश्वर, पब्लिक युथ क्याम्पस, पुष्पलाल पार्क, सामुदायिक शहरी स्वास्थ्य क्लिनिक १९ वडा परिसर, शान्तिकुञ्ज स्कुल र सामुदायिक शहरी स्वास्थ्य क्लिनिक २१ वडा यंगाललाई खोप केन्द्र तोकिएको छ ।

बाँकी खोप केन्द्रहरुमा टेवहाल वडा कार्यालय, नवआदर्श स्कुल बसन्तपुर, इतुमबहाल तारणी वहाल, कन्यामन्दिर स्कुल, वडा परिसर लैनचौर, महावौद्ध चोक, २८ नं. वडा कार्यालय, विजय स्मारक स्कुल, ज्ञानेश्वर चोक, भिमसेनगोला स्कुल र ३२ नं. वडा कार्यालय रहेका छन् ।

टिप्पणीहरू