आज पनि ५ सय ३६ वटा अक्सिजन सिलिन्डर संकलन

आज पनि ५ सय ३६ वटा अक्सिजन सिलिन्डर संकलन

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ५ सय ३६ वटा अक्सिजन सिलिन्डर संकलन गरिएको छ ।

संकलन गरिएका मध्ये २ सय ३७ वटा भरिएका र २ सय ९९ रित्तो सिलिन्डर हुन्् । संकलन गरिएका ५ सय ३६ वटा र यसअघिका मौज्दातमा रहेका १ सय ९ वटा गरी जम्मा ६ सय ४५ वटा सिलिन्डरमध्ये आइतबार ५ सय ८६ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन उद्योगलाई उपलब्ध गराइएको छ ।

बाँकी ५९ वटा सिलिन्डर जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकताअनुसार वितरण गरिने बताइएको छ ।

आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजन बाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा मौज्दात राखिएका सिलिन्डर संकलन गरी उपलब्ध गराइएको प्रहरीले बताएको छ ।

नेपाल प्रहरीको सक्रियतामा वैशाख २६ गतेदेखि हालसम्म जम्मा ८ हजार ७ सय ३९ वटा सिलिन्डर संकलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन उद्योगलाई उपलब्ध गराइएको छ ।

टिप्पणीहरू