बेड अभाव भएपछि टेकू अस्पतालको भुईंमै उपचार

बेड अभाव भएपछि टेकू अस्पतालको भुईंमै उपचार

बेड अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना संक्रमितको भुईंमै सुताएर उपचार थालिएको छ ।

राजधानी काठमाण्डौंको टेकुस्थित सरुवा रोग अस्पतालमा समेत बेड अभाव भएपछि आकस्मिक कक्ष बाहिर भुईंमा नै राखेर बिरामीको उपचार गराइएको हो ।

आकस्मिक कक्ष बाहिर छरिएर सुताइएका बिरामी सबैले अक्सिजन लिइरहेका छन् । कतिपय बिरामी खुल्ला स्थानमा नै सुत्न बाध्य देखिएका छन् । दिउँसोको घाम र रातको शीत खेपेरै भएपनि उनीहरु कोरोनाको उपचार गराउन बाध्य भएको देख्न थालिएको छ ।

कोरोना संक्रमण ह्वात्तै बढेसँगै गम्भीर बिरामीको संख्या पनि थपिँदै जाँदा मुलुकभर बेड र अक्सिजनको अभाव देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बेड अभाव नभएको बताए पनि राजधानीको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै यस्तो देखिएको हो । बेड अभाव भएपनि चिकित्सकहरुले आकस्मिक कक्ष बाहिर भूईंमै राखेर समेत बिरामीको स्वास्थ्य जाँच गरिरहेका छन् ।

टिप्पणीहरू