पद खोसिएका जसपा साँसदको रिटउपर भोलि सुनुवाइ

पद खोसिएका जसपा साँसदको रिटउपर भोलि सुनुवाइ

तत्कालीन लुम्बिनी प्रदेश सभा सदस्यले आफूलाई कारबाही गर्ने जनता समाजवादी पार्टी (जसपा)को निर्णय गैरकानुनी रहेको दाबीसहित आइतवार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेरपछि उनैको नेतृत्वमा सरकारमा सहभागी भएका कारण जसपाका प्रदेश सभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव,सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय कारवाहीमा परेका थिए ।

उनीहरुले आफूलाई उपेन्द्र यादव र बाबुराम भट्टराई समूहले गैरकानुनी रुपमा हटाएको दाबीसहित निर्णय खारेजीको माग गरेका छन् । यसअघि कोभिडको कारण न्याय सेवा प्रवाहमा संकुचन ल्याइएको कारण दर्शाउँदै फिर्ता पठाइए पनि आइतवार रिट दर्ता गरिएको छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि यी साँसद सरकारमा सामेल भएका थिए । लुम्बिनी प्रदेशसभा सचिवालयले चारै जनालाई पदमुक्त गरिएको सूचना निकालेको छ ।

रिटमा कारवाहीको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेशको माग गरिएको छ ।

टिप्पणीहरू