निषेधाज्ञामा पनि ४ जना मृत अवस्थामा फेला

निषेधाज्ञामा पनि ४ जना मृत अवस्थामा फेला

काठमाडौं, भक्तपुर, मोरङ, सुनसरी र रुपन्देहीमा गरि चार जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३, गाम्चा घर भएका ६० वर्षीय कान्छा नगरकोटी आफ्नै खेतको खोल्साको किनारामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङको उर्लाबारी नगरपालिका–४ विशाल टोल बस्ने ५५ वर्षीय रुद्र रसाईली स्थानीय बाटोमा शनिबार मृत अवस्थामा फेला परेकी हुन् ।

त्यस्तै, धरान उपमहानगरपालिका–२०, गौधारा खहरे खोलामा परिचय नखुलेकी महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–८, सुख्खानगरस्थित बुटवल मण्डप अगाडि परिचय नखुलेका ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू