प्रेसको आवरणमा लागुऔषधको धन्दा,पत्रकार महासँघ र प्रेस काउन्सिल तात्नुपर्यो

प्रेसको आवरणमा लागुऔषधको धन्दा,पत्रकार महासँघ र प्रेस काउन्सिल तात्नुपर्यो

राज्यले चौथो अङ्ग मानेर प्रेसलाई आवतजावत,बिभिन्न निषेधित ठाउँमा प्रवेश,सूचनामा पहुँचलगायत जे जति सहुलियत दिएको छ,त्यही अनुपातमा आफ्नो पेशागत धर्म निर्वाह गर्न यो समुदाय चुकेको पनि पाइन्छ ।

यसैको नमूना हो “प्रेस” लेखेको ज्याकेट लगाएका कञ्चनपुरका २५ वर्षीय नरेशप्रसाद जोशीको लागुऔषध सहित गिरफ्तारी ।

पत्रकारिताको आडमा हुने यस्तै कमजोरीको फाइदा उठाएर कहिलेकाही सरकार नियन्त्रणकारी कानून बनाउनतर्फ उध्यत हुने गरेको तीतो अनुभव छ । पत्रकार महासंघको नयाँ नेतृत्व र प्रेस काउन्सिलले पेशागत शुध्दताको निम्ति प्रभावकारी निर्देशन जारी गर्न यो महामारीको बेला ढिलाइ भैसकेको बताइन्छ ।

टिप्पणीहरू