पूर्वमा कोरोनाको अवस्था बिकराल

पूर्वमा कोरोनाको अवस्था बिकराल

ताप्लेजुङमा गत बैशाख १० गते सम्म कोरोनाको दोस्रो लहरको कुनै संकेत थिएन,बैशाख ९ गते निमोनियाँ भएर उपचारको लागि झापाको विर्तामोड बी एण्ड सी लगिएका फुङलिङ नगरपालिका ६ का शिवकुमार गुरुङको बैशाख १० गते हस्पिटल पुर्याएको केही समय पछि निधन भयो र पीसीआर टेष्ट गर्दा कोरोना देखियो ।

त्यसपछि भने ताप्लेजुङमा आतंक शुरु भयो । फुङलिङ ४ क्याम्पस लाईनमा धेरै बिरामी भएको हल्ला आयो र टेष्ट गर्दा त्यस क्षेत्रमा समुदाय स्तरमा फैलिइसकेको पुष्टि भयो । त्यस क्षेत्रबाट थप २ जनाले एक हप्ता नबित्दै कोरोनाका कारण ज्यान गुमाए ।

बैशाख १७,१८ गते तिर फुङलिङ ४ तोक्मे बजार क्षेत्रमा मानिसहरु बिरामी भएको हल्ला चल्यो,१९ गते त्यस क्षेत्रका व्यापारी प्रेम हाङ्गामलाई जिल्ला अस्पताल लगियो,बिरामी सिकिस्त भएका कारण उपचारको लागि झापा लैजाने क्रममा फुङलिङ नगरपालिका ८ कै धुसेनी भीर नकाट्दै उनको मृत्यु भयो तर स्वाब परीक्षण गरिएन,तथ्याङकमा पनि रहेन । यसपछि त ताप्लेजुङमा भुसमा आगो फैलिए झैं कोरोना फैलिएको थाहा भएको छ । ताप्लेजुङ नेपालको दुर्गम र हिमाली जिल्ला तर कम जनसंख्या भएको स्थानमा कोरोना देखिएको २०र२२ दिनभित्र संक्रमितहरुको संख्या निकै बढेर गाउँ गाउँसम्म समुदायमा संक्रमण पुगेको देखिएको छ ।

ताप्लेजुङमा जेष्ठ १ गते सम्ममा भने एन्टिजेन परीक्षण ७४ संक्रमित ३२ जना रहेका छन् ।

ताप्लेजुङबाट कमल भट्टराई

टिप्पणीहरू