चलचित्र कलाकारहरुलाई पनि कोरोना संक्रमण

चलचित्र कलाकारहरुलाई पनि कोरोना संक्रमण

कोरोना महामारीले नेपालको चलचित्र क्षेत्रलाई पनि भेटेको छ । महामारीको दोस्रो लहरले चलचित्रकर्मीहरु संक्रमित हुने क्रम बढेको छ ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलगायत शिवहरि पौडेल, वर्षा राउत, केकी अधिकारी, मुकुन्द भुसाल, सरिता लामिछाने, रवि डंगाेल तथा क्यामरा पर्सन विष्णु कल्पित घिमिरेलगायतमा संक्रमण पुष्टि भएको स्रोतले बताएको छ ।

घरमै आइसोलेसनमा रहेका पौडेलको स्वास्थ्यमा समस्या आएपछि उनलाई सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

त्यस्तै पूर्वनिर्देशक चेतन कार्की तथा कलाकार संघका अध्यक्ष नायक रविन्द्र खड्कामा पनि संक्रमण पुष्टि भएको बताइएको छ ।

पौडेल र श्रेष्ठबाहेक अन्य कलाकारहरु भने आजसम्म होम आइसोलेसनमा नै उपचार गराइरहेको स्रोतको दाबी छ । यसबीचमा लोक तथा दोहोरी गायक प्रकाश सपुत भने संक्रमणमुक्त भएका छन् ।

टिप्पणीहरू