आज पनि निषेधाज्ञा उल्लंघन गरी सडकमा भौंतारिनेको संख्या उत्तिकै

आज पनि निषेधाज्ञा उल्लंघन गरी सडकमा भौंतारिनेको संख्या उत्तिकै

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गरी हिँड्नेको संख्या उत्तिकै रहेको छ ।

प्रहरीले आज ५ हजार ७ सय ९५ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडिएको जनाएको छ । सो क्रममा ७ सय ५ वटा चार पाँङ्ग्रे र १ हजार ५ सय १४ वटा मोटरसाइकल गरी २ हजार २ सय १९ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको थियो ।

साथै नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा २ हजार ११ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ६ सय ७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ । मुलुकभर माइकिङ तथा सचेतनामूलक कार्यक्रमअन्तर्गत १७ हजार ३ सय ५१ जनालाई सचेत गराइएको प्रहरीले जनाएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकायलगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीब्रता दिएको छ ।

टिप्पणीहरू