जसपा कहाँ,बबरमहल,बालकुमारी कि डोलेश्वरमा ?(भिडियो)

जसपा कहाँ,बबरमहल,बालकुमारी कि डोलेश्वरमा ?(भिडियो)

जनता समाजवादी पार्टी (जसपा) का सांसद रामबाबु यादवले संसदीय दलको नेता चुन्ने विधान नै नबनेको अवस्थामा राजेन्द्र महतोले कसरी त्यो पद पाउनुभयो भनेर प्रश्न गरेका छन् ।

यादवले हिजो महतो संसदीय दलको नेता बनेको खबर बाहिरिएपछि आज उक्त कुरा बताएका हुन् । उनको जिकिर छ ‘महन्थ ठाकुरजी र महतोजीले पार्टीको विधान विपरित काम गर्नुभएको छ । तर पनि जसपा फुट्दैन बरु महन्थ र महतोलाई पार्टीको विधानअनुसार कारबाही हुन्छ ।’ यादवले दुवै जना नेतालाई चेतावनीको शैलीमा भनेका छन् ‘कारबाही सहेर बस्नुहुन्छ भने ठीक छ नत्र उहाँहरुले पार्टी छोड्नुहुन्छ । तर पार्टी भने फुट्दैन ।’संसदीय दलको नेता चुन्नको लागि पहिले दलको बैठक बस्नुपर्ने, संसदीय दलको नेता चुन्न आवश्यक विधान नबनेको अवस्थामा त्यो काम सम्भव नहुने उनको जिकिर छ ।

ठाकुरप्रति लक्षित गर्दै यादवले भने ‘अध्यक्ष भएपछि जे पनि गर्न मिल्छ भन्ने उहाँहरुलाई लागेको छ । उहाँहरुलाई नियमसंगत चल्न आउँदैन त्यसैले सिकाउनुपर्ने देखिन्छ ।’

सोही क्रममा पार्टीका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले आजको अनौपचारिक बैठक मात्र भएको र केही निर्णय नभएकाले छिट्टै पुनः बैठक बसेर निर्णय गर्ने बताउनुभएको छ ।

त्यसैगरी पूर्व सहरी विकास मन्त्री तथा सांसद मोहम्मद इस्तियाक राइनले सांसदलाई अपहरण शैलीमा रिसोर्टमा लगेर राखिएको बताउँदै ‘प्रतिगमनलाई साथ दिएर पार्टी विधान विपरित काम गर्नेलाई स्पस्टिकरण सोध्ने,आवश्यक ठहरिएमा पार्टीले कारबाहीसमेत गर्ने’ उल्लेख गर्नुभएको छ ।

उहाँका अनुसार जसपाको पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा छ कुनै रिसोर्टमा होइन ।

टिप्पणीहरू