कोरोनाका बेला अक्सिजन बढाउने सरल उपाय ……….

कोरोनाका बेला अक्सिजन बढाउने सरल उपाय ……….

अहिले जताततै अक्सिजनको हाहाकार छ । घरकै एकान्तबास (आइसोलेसन) मा बसेकाहरु जो कोभिड १९ को लहरबाट बच्नको निम्ति अक्सिजनको सिलिन्डर खोजी रहेका छन्,महँगो दाममा नक्कली अक्सिमिटर लिएर अक्सिजनको मात्रा घटबढ भएको मापन गरिरहेका छन् ।

घरमा तुलसीको बोट,चोक र पाटी पौवामा बरपीपल भए पनि अन्यलाई सर्न सक्छ भनेर जान सक्ने अवस्था छैन । यस्तो बेला अक्सिजनको मात्रालाई कायम राख्न सहयोग पुग्ने विभिन्न सूचना सार्वजनिक भइरहेका छन् ।

यस्तै सहायक हुन सक्ने सूचना हो अक्सिजनको प्रवाहलाई एकान्त बास कक्ष ( आइसोलेसन सेन्टर) मा सहज गर्न आइसोलेसन कक्षभित्रै अक्सिजन उत्पादन गर्न वनस्पतिहरु रोप्नु । जनआस्थाले आइसोलेसन कक्षमा रहेका कोभिड बिरामीहरुलाई अक्सिजनको मात्रा कायम राख्न सहयोग पुग्ने विरुवाको बारेमा जानकारी दिने प्रयास गरेको छ ।

यी बिरुवाले आइसोलेसन बस्दा अक्सिजनको कमि हुन सक्ने कोभिड १९ का संक्रमितलाई निकै फाइदा हुन सक्छ । यसले अड्को पड्को तेलको धुपको काम दिन्छ ।

यी बिरुवाले वातावरणीय प्रदुषणबाट बिरामीलाई जोगाउनुको साथै कोभिड १९ संक्रमित आइसोलेसनमा बसेकालाई अक्सिजनको मात्रा कायम राख्न सहयोग पुर्याउँछ ।

धम्की,पिनास, ब्रोनकाइटिसलगायत श्वासप्रश्वाससम्वन्धी रोगहरुबाट मृत्यु हुन सक्ने सम्भावनालाई घटाउँछ । र,यसले हावामा रहेको अक्सिजनको गुणलाई पनि कायमै राख्न सघाउँछ । यस्तो बेला सिलिन्डरको अक्सिजन खोज्नु पर्ने अवस्था आउन नदिनको लागि घरको कोठा कोठामा यस्ता बिरुवालाई राख्दा उपयुक्त हुन सक्छ ।

१. एलोएभेरा अर्थात् घीउकुमारी: यो विरुवा तपाईकैं घरमा हुनसक्छ वा छरछिमेकमा सहजै सर्ने गुण भएको यो विरुवाले प्रदुषित हावालाई शुद्ध बनाउँछ । हावामा भएको बेन्जेन र फोर्मलडिहाइड सोस्छ । र,यसले रातमा अक्सिजन छोड्छ ।

२.मनी प्लान्ट: सदाबहार विरुवा जसको पातहरु मुटु आकारमा हुन्छ र घरभरि फैलिएको हुन्छ । यसलाई घरमा रोप्दा सम्वृद्धि आउने ठानिन्छ । तर वास्तविक गुण भनेको अशुद्ध हावालाई शुद्ध बनाउनु र अक्सिजन उत्पादन गर्नु हो । वनस्पतिविज्ञहरुका अनुसार यसले अनिद्राका रोगीहरुलाई निकै फाइदा पुग्छ ।

३.एरेका पाम: वनस्पति शास्त्रीका अनुसार स-साना एरेकाका विरुवाहरुले कोठाभित्रअक्सिजनको मात्रालाई बढाउन सहयोग पुग्छ । यसले हावामा रहेको हानिकारक टोलुन नामक रसायनबाट नाक र आँखालाई बचाउँछ भने घाँटीमा हुने खसखस जस्ता समस्याबाट मुक्ति दिलाउँछ ।

४. कुदुमिनी (पिस लिली) : आफैंमा विषालु गुण बोकेको यो बिरुवालाई बालबालिका र अन्य घरपालुवा जन्तुहरुबाट टाढा राख्नु पर्छ । यसको विशेषता भनेको हावामा रहेको ट्राइक्लोरोइथिलिन, वेन्जिन,जाइलिन,फोर्मलडिहाइड, टोलुन र एमोनियाजस्ता हानिकारक रसायनहरुलाई सोस्नु हो यो साथै आकर्षक पनि देखिन्छ । र,अक्सिजन पैदा गर्छ ।

५. क्रोटन: तपाईहरु बालबालिका हुँदा क्रोटेनका बिरुवाहरु ल्याएर बोतलमा पानी हाल्दै घरमा राख्नु हुन्थ्यो होला । सजावटको लागि आकर्षक मानिएर घरका कोठामा सजावट गरिने यो बिरुवा घरलाई यदि आइसोलेसन कक्ष बनाउनु भएको छ भने एकदमै फाइदाजनक छ । किनकि यसले हावालाई शुद्ध बनाउँछ । र ताजा हावा दिन्छ । रंगविरंगी हुने भएकोले मनलाई शान्ति दिलाउँछ ।

६. सर्पे बिरुवा (स्नेक प्लान्ट) : हिन्दीमा नागपौंधा भनेर चिनिने यो विरुवालाई स्वरुपको आधारमा स्नेक प्लान्ट भनिएको हो । नासाका अनुसार हावामा रहेको हानिकारक तत्वहरु जस्तै फोर्मलडिहाइड,नाइट्रोजन अक्साइड,बेन्जिन,जाइलिन, ट्राइक्लोरोइथायल जस्ता रसायनहरुलाई सोस्छ । यसलाई अक्सिजन थप्ने र कार्बनडाइअक्साइड सोस्ने विरुवाको रुपमा लिइन्छ । यस्ता विरुवाहरु तपाईं हाम्रै वरपर रहेका हुन सक्छन् ।

७. पानी अमला (बोस्टन फर्न) : यो विरुवाले कार्बनडाइअक्साइड अवशोषण गर्ने र अक्सिजन फ्याल्ने मात्र गर्दैन हावामा रहेका अन्य रसायनहरुलाई पनि छान्दछ ।

८. माकुरे बिरुवा (स्पाइडर प्लान्ट) : यो बिरुवा पनि प्रदुषित हावाको गुणस्तरमा सुधार ल्याउन निकै सहयोगी हुन्छ । र,यो अक्सिजन उत्पादनको लागि सहयोगी हुन्छ । यो तनाव व्यवस्था गर्न र चिन्ता हटाउन सहयोगी हुन्छ । यसका १८० भन्दा बढी प्रजाति पाइन्छ । त्यसमा नेपालमा प्रचलित हाडे लसुन ( स्पाइडर लिली) हो ।

९.सुपाडी ताड (एरेका पाम) : यो विरुवाले हावामा रहेका हानिकारक रसायनहरुलाई अवशोषण गर्ने मात्र होइन अक्सिजन पनि राम्रै उत्पादन गर्छ । विज्ञका अनुसार गर्भेशिशुको विकासमा यसले सकारात्मक प्रभाव पार्नुका साथै मानिसको स्नायू प्रणालीलाई मजबुत बनाउन सहयोग गर्छ ।

१०.गुलबहार (डेजी फूल) : गुलबहारले हावामा रहेका प्रदुषित रसायनहरुलाई अवशोषण गरी शुद्ध अक्सिजन पैदा गर्छ । घरभित्र राखेर फुलाउन सकिने यो बिरुवा शानदार बिरुवा भएको नासाका शोधकर्ताहरुको दावी पछ । यसले रातको समय पनि अक्सिजन पर्याप्त मात्रामा उत्पादन गर्ने र कार्वनडाइअक्साइडलाई लिने गर्दछ । र,यसले कोठाभित्र अक्सिजनको मात्रालाई बृद्धि गर्न निश्चित रुपमा टेवा पुर्याउँछ ।

११. मकै फूल (ड्रकेन फ्रेगन) : यो धेरै अक्सिजन उत्पादन गर्ने विरुवामध्ये एक हो । यसले वायु प्रदुषण घटाउनुको साथै मृगौला र श्वासप्रश्वासका रोगीहरुलाई निकै फाइदा पुग्छ ।

यसबाहेक अक्सिजनको सहज आपूर्तिका निम्ति योगाभ्यासका लागि पनि अपनाउन सकिन्छ । जानकारहरुका अनुसार कपालभाँती,अनुलोम विलोम जस्ता क्रियाले श्वासप्रश्वास प्रक्रियामा आउने अवरोधलाई केही हदसम्म भए पनि सुधार ल्याउन सहयोग पुग्छ ।

( यो आलेख विभिन्न वेवसाइट, पुस्तक तथा पत्रपत्रिकाहरुको आधारमा तयार गरिएको हो । )

टिप्पणीहरू