ज्यालाले ज्यान लियो

ज्यालाले ज्यान लियो

ज्यालासम्वन्धी विवादमा दुई मजदुरहरुले आफ्नै एक साहुको हत्या गरेका छन् ।

शुक्रबार लेटाङ नगरपालिका ३ का २२ वर्षीय रोमना राईको हत्या भएको हो । छुरा प्रहारबाट घाइते राईलाई उपचारको लागि विराटनगरतर्फ लैजादैं गर्दा मृत्यु भएको हो ।

उनको हत्या गरेको अभियोगमा प्रहरीले सोही स्थान बस्ने १८ वर्षीय सुशील दर्जी र दिलकुमार लिम्बूलाई पक्राउ गरिएको छ ।

निर्माण व्यवसायी, ढुवानी सेवा र पुल हाउस सञ्चालन गर्दै आएका मृतक राईले निजहरुलाई ज्याला दिने विषयमा विवाद बढेपछि छुरा प्रहार गरेका हुन ।

इलाका प्रहरी कार्यालय लेटाङका अनुसार घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

टिप्पणीहरू