महामारीमा उता बेहाल अस्पताल, यता बबाल उद्घाटन (भिडियो)

महामारीमा उता बेहाल अस्पताल, यता बबाल उद्घाटन (भिडियो)

कोरोना महामारीको दोस्रो लहरबाट छिमेकी मुलुक भारत र नेपाल सबैभन्दा धेरै आक्रान्त छन् । पहिलो लहरको लकडाउनले पिल्सिएर उकास्न खोजेको अर्थतन्त्रसमेत दुबै देशमा धराशायी हुने खतरा बढ्दो छ ।

भारतमा कोरोना महामारीका कारण दैनिक हजारौँले ज्यान गुमाइरहेका छन् । यता हाम्रोमा पनि डेढ सातादेखि झण्डै दुई सयको हाराहारीमा नागरिकको मृत्यु भइरहेको छ । त्यो संख्या पछिल्लो सातादेखि झन् बढ्न थालेको छ । दैनिक १० हजारको नजिकमा संक्रमित देखिएका छन् ।

यस्तो अवस्थामा दुबै देशका नेताहरुको प्राथमिकता फरक देखिन्छ । भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको प्राथमिकतामा कोरोनाका बिरामीहरू र कोभिड अस्पतालको निर्माण देखिन्छ ।

दिल्ली सरकारले कोरोना बिरामीको उपचारलाई प्राथमिकतामा राख्दै हालै एक हजार बेडको आईसीयु सेन्टर तयार पारेको छ ।

यसबीच नेपालमा भने तीन हजार सिटको मनोरञ्जन केन्द्र उद्घाटनमा प्रधानमन्त्री व्यस्त देखिनुभयो ।

महामारीबीच दोस्रो पटक प्रधानमन्त्री पदको सपथ गर्नुभएका उहाँले त्यसपछिको पहिलो काम बन्दै गरेको हल उद्घाटनबाट शुरु गर्नुभएको छ ।

टिप्पणीहरू