महेश बस्नेत र मधेसी साँसदको खुराक खर्च ९० हजार

महेश बस्नेत र मधेसी साँसदको खुराक खर्च ९० हजार

एमालेको विवाद केही मत्थर भएकै बेला अहिले मधेसी दल जसपामा हिजो एमालेकै झैं विवाद चरम उत्कर्षमा पुगेको छ ।

जसपा संसदीय दलको नेतामा हिजो एक्कासी राजेन्द्र महतोलाई उपेन्द्र यादव र बाबुराम भट्टराई खेमाको जानकारीबेगर नियुक्त गरिएको हो ।

सोही घटनाक्रमपछि उपेन्द्र- बाबुराम खेमाद्वारा अहिले जसपा कार्यकारिणी समितिको बैठक डाकिएको छ ।उपेन्द्र यादव खेमाका एक सांसदका अनुसार आजको कार्यकारिणी बैठकमा राजधानीमा उपलब्ध कार्यकारिणी सदस्यलाई आमन्त्रण गरिएको छ । तर कार्यकारिणी समितिको बैठकका बारेमा महन्थ ठाकुर र राजेन्द्र महतो खेमालाई कुनै खबर गरिएको छैन ।

कार्यकारिणी समितिमा उपेन्द्र- बाबुराम पक्षधरको बाहुल्यता छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा ३० जना उपेन्द्र बाबुराम पक्षधर छन् भने २१ जना महन्थ राजेन्द्रतिरका । तीमध्ये एक रेशम चौधरी कारागारमा छन् । जसपा एक नेताका अनुसार जसमध्ये ३ जना तटस्थ छन् ।

आज डाकिएको कार्यकारिणी समितिमा पार्टीको विधान विपरित काम गरेका महन्थ,राजेन्द्रका गतिविधिमा केन्द्रीत रही छलफल हुने जसपाका ती नेताले जनआस्थालाई सुनाए ।

यसैबीच महेश बस्नेतको प्रत्यक्ष सहयोगमा डोलेश्वर रिसोर्टमा पुर्याइएका राजेन्द्र महतो र महन्थ ठाकुर पक्षकाले खाए पिएको खर्च ९० हजार ६१ रुपैयाँ (भ्याटसहित) उठेको छ । मिटिङ हलको ११ हजार,स्याण्डबीच २४ हजार,४४ हजार, ७ सयको लञ्चसमेत गरी ७९ हजार ७ सयमा १३ प्रतिशत भ्याट जोडी सो रिसोर्टले ९० हजार ६१ रुपैयाँ लिएको छ ।

टिप्पणीहरू