एकातिर अख्तियार र अदालत,त्यसमाथि पत्नी वियोग

एकातिर अख्तियार र अदालत,त्यसमाथि पत्नी वियोग

कसैमाथि दु:खको पहाड पनि कति कति ? नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारकी पत्नी निर्मला गच्छदारको आज बिहान निधन भएको छ ।

पछिल्लो पटक दुई दिनअघि कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएकी उनको आज निधन भएको हो । स्रोतका अनुसार निर्मलाले नयाँ दिल्लीमा जेनेटिक लिभर सिरोसिसको अपरेशन गरेर फर्केको एक महिना भएको थियो ।

चैत ६ गते नयाँ दिल्ली गएर अपरेशन गरी फर्केपछि दुई दिनअघि उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनका माता पिता र दुइ जना भाइ पनि कलेजो रोगबाटै बितेका हुन् । माइती थर श्रेष्ठ भएकी निर्मलाको माइतीको पुर्ख्यौली थलो काभ्रेपलाञ्चोक हो । उनीहरु पछि बिराटनगर गएका थिए ।

कुनै जमानाका प्रभावशाली राजनीतिक तथा शक्ति केन्द्रका दाहिना गच्छदारमाथि अहिले एकपछि अर्को बज्रपात परेको हो ।

गच्छदारलाई बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पदको दुरुपयोग गरेर भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकोमा अदालतले हाजिर हुन पुर्जी काटेको लामो समय भैसक्यो ।

टिप्पणीहरू