प्रधानमन्त्री र नेता नेपाल पक्षबीच सिंहदरबारमा छलफल जारी

प्रधानमन्त्री र नेता नेपाल पक्षबीच सिंहदरबारमा छलफल जारी

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा ७ बजेदेखि छलफल जारी छ ।

एमालेभित्र दुई पक्षबीच देखिएको मतभिन्नता र गतिरोध समाधान गर्न छलफल थालिएको बताइएको छ ।

छलफलमा प्रधानमन्त्री ओली र नेता नेपालका साथै उपप्रधानमन्त्री ईश्वर पोखरेल,भीम रावल, अर्थमन्त्री विष्णु पौडेल,सुरेन्द्र पाण्डे,घनश्याम भुसाल,गृहमन्त्री रामबहादुर थापा,एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गोकर्ण विष्ट,रघुजी पन्त र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतको उपस्थिति रहेको छ ।

दुई नेताको उपस्थितिमा दुबै तर्फका पाँच पाँच जनाको कार्यदल बनेर पहिलो पटक आजदेखि कुराकानी प्रारम्भ भएको हो ।

टिप्पणीहरू