माननीयहरू दोस्रो डोज लगाएर ढुक्क

माननीयहरू दोस्रो डोज लगाएर ढुक्क

संसद सचिवालयले नयाँबानेश्वस्थित संघीय संसद भवनको लोत्से हलमा आजदेखि तीन दिन माननीयहरूलाई दोस्रो डोजको कोरोना खोप लगाउने व्यवस्था मिलाएको छ ।

आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षलगायत दुबै सदनका सांसदहरू, पदाधिकारी तथा सचिवालयका कर्मचारीहरूलाई लागि खोप लगाउने व्यवस्था मिलाइएको हो ।

तोकिएको अधिकांश पदाधिकारी, कर्मचारी तथा सुरक्षाकर्मीले कोभिशिल्ड खोपको दोस्रो डोज लगाएका छन् ।

बिहान १० बजेदेखि ४ बजेसम्म लगाइने खोपमा भोलि शनिबार संघीय संसद सचिवालयका सम्पूर्ण कर्मचारी, अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई खोप लगाइने छ ।

त्यसैगरी आईतबार स्वकीय सचिवलगायतका सबै कर्मचारीहरू, मर्यादापालक, सुरक्षासँग सम्बन्धित सबै कर्मचारी, संसदीय मामिलाका सबै पत्रकारहरूलाई खोपको दोस्रो डोज लगाइने बताइएको छ ।

टिप्पणीहरू