राजनीति थप गिजोलिएको यादवको टिप्पणी

राजनीति थप गिजोलिएको यादवको टिप्पणी

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिको कोर्स करेक्सन हुनुभन्दा थप गिजोलिएको टिप्पणी गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बैकल्पिक सरकार गठनको दिशामा अघि बढेका नेता यादवले पुनः ओली नै प्रधानमन्त्री बन्ने अवस्था आउँदा मुलुकको राजनीति थप अनिश्चिततातर्फ धकेलिएको बताउनुभएको हो ।

शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड-१९ विरुद्धको खोप लगाएर बाहिरिदै गर्दा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले वैदेशिक हस्तक्षेपका कारण राजनीति गिजोलिएको संकेत गर्नुभयो ।

आफूहरु मुलुकलाई सही बाटोमा हिडाउन र मुलुकको राजनीति पार्टीहरुको हातभन्दा बाहिर नजाओस् भन्ने प्रयासमा रहेको उहाँको भनाइ छ । प्रधानमन्त्रीका अभिव्यक्ति संसदलाई भंग गरेर मुलुकलाई अनिश्चिता र अन्यौलतातर्फ लैजाने खालका भएको उहाँले दाबी गर्नुभयो ।

‘राजनीतिको कोर्स करेक्सन भएन । गिजोलियो । गिजोलिदै जाँदाखेरी अझै नेपालको राजनीतिक दिशाहिनता, अनिश्चितता र अन्यौलतातर्फ धकेलिएको छ’, उहाँले भन्नुभयो, ‘मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि ग्रहण लाग्ने र धराममा पर्ने कार्य हुदै गएको छ ।

त्यसैले आउने दिनहरुमा लोकतन्त्र धरापमा पर्ने र आउँदो पुस्ताले फेरी संघर्ष गर्नुपर्ने हो कि भन्ने आशंकाहरु उत्पन्न भएको छ ।’

टिप्पणीहरू