पूर्वरानी अस्पतालबाट डिस्चार्ज भएर घरतिर

पूर्वरानी अस्पतालबाट डिस्चार्ज भएर घरतिर

कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह निको भएर आज डिस्चार्ज हुनुभएको छ ।

अस्पतालका अनुसार अपरान्ह ४ बजे पूर्वरानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

२१ दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाहसहित उहाँहरू नर्भिकमा कोरोना उपचारको निम्ति भर्ना हुनुभएको थियो । यसअघि पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार डिस्चार्ज हुनुभएको थियो ।

उपचारको क्रममा अवस्था थप बिग्रिएपछि पूर्वरानी कोमललाई अक्सिजनको हाइफ्लो सपोर्टमा उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आइसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो ।

उहाँको प्लाज्माथेरापी विधिबाट समेत उपचार गरिएको थियो । त्यसपछि स्वास्थ्यमा क्रमिक सुधार आएपछि उहाँलाई आज डिस्चार्ज गरिएको बताइएको छ ।

टिप्पणीहरू