डुबेर २ जनाको मृत्यु

डुबेर २ जनाको मृत्यु

रुपन्देही र प्युठानमा डुबेर दुई जनाको मृत्यु भएकोे छ ।

रुपन्देहीको सियारी गाउँपालिका–१ कौवागाउँस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय कविता गौतमको १५ वर्षीय छोरा बिबेक गौतमको बिहीबार दिउँसो मृत्यु भएको प्रहरीले बताएको छ ।

बिबेक र उनकै साथी १४ वर्षीय अनमोल गौतम पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । पछि प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा अनमोललाई सकुशल उद्धार गरेको थियो भने बिबेकको पछि शव फेला परेको हो ।

यस्तै, प्युठानको माण्डवी गाउँपालिका–१, सिमलचौर बस्ने तिलक बोहराको ५ वर्षीय छोरा रोशन बोहराको स्थानीय माणीखोलामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

ढुङ्गामा चढी खोला हेर्ने क्रममा रोशन समेत स्थानीय शेरबहादुर बुढाका ५ वर्षीय छोरा रुपेश बुढा खोलामा खसेका थिए । प्रहरीले स्थानीयको सहयोगमा उनीहरुको खोजी गर्ने क्रममा रोशनको शव खोलामा फेला परेको हो ।

बेपत्ता भएका रुपेशको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू