लकडाउनको बेला काम नपाएर जुवामा मस्त

लकडाउनको बेला काम नपाएर जुवामा मस्त

नवलपरासीमा तास खेलिरहेका पाँच जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

देवचुली नगरपालिका–१० बस्ने ५१ वर्षीय कृष्णप्रसाद सापकोटाको घरमा तास खेलिरहेको अवस्थामा उनीसहित ५ जनालाई हिजो दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा तास खलिरहेको भन्ने बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद २९ हजार ७ सय ६० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको बताइन्छ ।

टिप्पणीहरू