करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर २ जनाको मृत्यु

बारा र नुवाकोटका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिका–३,बातरास्थित काठ चिरान मेशिनमा करेन्ट लागेर सोही ठाउँ बस्ने हिरा रामको छोरा १५ वर्षीय टोनी रामको बिहीबार साँझ मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि कलैया अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइन्छ ।

यस्तै नुवाकोटको तादी गाउँपालिका–५,कुखुरेस्थित दोर्खु खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय स्याङचेत मामाघरमा बस्दै आएका सूर्यगढी गाउँपालिका–१,का १९ वर्षीय मिलन तामाङको बिहीबार राति मृत्यु भएको छ ।

टिप्पणीहरू