बजेटको ढुक्कसँग भयो बन्दोबस्त

बजेटको ढुक्कसँग भयो बन्दोबस्त

संविधानतः जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । कोरोना संक्रमणको दोस्रो लहर र राजनीतिक खिचातानीको बीचमा पनि अर्थ मन्त्रालयले बजेटको काम लगभग सकाएको छ ।

अर्थमन्त्रालय स्रोत भन्छ ‘लगभग तयार भइसक्यो,मोटामोटी ठूला रकमको शीर्षकमा बजेट मिलाइ सकिएको छ । अब झिनामसिना अलि अलि बाँकी छन् । आगामी सातासम्ममा त्यो पनि सकिन्छ ।’

हुन पनि विगतमा अघिल्लो दिनसम्म निकै व्यस्त हुने मन्त्रालयको बजेट महाशाखाका कर्मचारी यो वर्ष १५ दिनअगाडि नै निकै फुर्सदिला देखिएका छन् । त्यो आधारमा पनि बजेट निर्माणको काम सकिएको अनुमान लगाउन सकिने मन्त्रालयकै अर्को महाशाखाका कर्मचारी बताउँछन् ।

महाशाखाको जिम्मेवारी राजश्व सचिव रामशरण पुडासैनीको मातहत पर्छ । उहाँको पनि कार्यकाल एकाध महिना मात्र बाँकी छ । उमेर हद ५८ वर्षको कारण उहाँले आगामी साउनदेखि अवकाश पाउन लागेको बताइन्छ ।

टिप्पणीहरू