माधव नेपाललाई डेढ वर्षपछि राष्ट्रपति !

माधव नेपाललाई डेढ वर्षपछि राष्ट्रपति !

राजनीतिक घटनाक्रम ट्वीस्ट हुन थालेपछि सम्भावनाका परिदृश्यहरू पनि फेरिन थालेका छन् । हिजो दिउँसो प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘इलेभेन्थ आवर’ मा भएको सहमतिले नयाँ नयाँ सम्भावनाहरूलाई उजागर गरिदिएको छ ।

एमालेभित्रको पछिल्लो टकराव समाधानको निकै परसम्मको क्षितिजबारे अहिले सबैभन्दा धेरै चर्चा बालुवाटारभित्रै हुन थालेको छ ।

हिजोको सहमतिले राजनीतिक रुपमा सक्रिय रहनुभएका वरिष्ठ नेता माधवकुमार नेपालको भावी दिनबारे सोच्नुपर्ने भन्दै एकथरिले जोडघटाउ शुरु गरेका छन् । उनीहरूका अनुसार ‘अन्यथा’ नभएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली अर्को एक कार्यकाल अध्यक्ष बन्नुहुनेछ । त्यतिञ्जेलसम्म नेता नेपालको व्यवस्थापन नगर्ने हो भने फेरि उही समस्या बल्झिने बालुवाटारको विश्लेषण छ ।

अर्का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थामा देखिएको उतारचढाव,उपाध्यक्ष वामदेव गौतमको अस्थिर प्रवृत्तिका कारण डेढ बर्षपछि  राष्ट्रपतिमा माधवकुमार नेपालको व्यवस्थापन गरिनु नै उपयुक्त रहेको निश्कर्ष निकालिएको छ ।

आगामी डेढ वर्ष पार्टीमा सक्रिय भएपनि त्यसपछिका लागि अहिले नै नेतृत्वले सोच विचारपूर्वक कदम चाल्नुपर्ने भनिएको छ ।

टिप्पणीहरू