नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक बीच मर्जर सम्झौता

नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक  बीच मर्जर सम्झौता

नेपाल राष्ट्र बैंकको मर्जर एण्ड एक्वीजिसन नीति अनुसार हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक एकआपसमा गाभ्ने गाभिनेसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा सम्झौता भएको छ ।

हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.

सम्झौता पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसी प्रसाद गौतमले राजधानीमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।

मर्जर पछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.” हुने छ । त्यसैगरी सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रूपमा अशोक शमशेर राणा रहने सहमति भएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लि.को चुक्ता पूँजी रु.१६.२६ अरब तथा हिमालयन बैंक लि. को चुक्ता पूँजी रु. १०.६८ अरब रहेको छ । मर्जर पछि बैंकको चुक्ता पूँजी रु.२६.९४ अरब भै सबैभन्दा बढी चुक्ता पूँजी भएको बैंक बन्नेछ ।

टिप्पणीहरू