सानो सरकारमा आज को जाने,को हट्ने ?

सानो सरकारमा आज को जाने,को हट्ने ?

आज साढे दुई बजे प्रधानमन्त्री केपी ओलीले तेस्रोपटक शपथ लिएसङ्गै सानो क्याबिनेट बनाउन लाग्नुभएको छ ।

श्रोतका अनुसार,पार्टीभित्रको सबै समस्या नसुल्झी माधव नेपाल खेमाबाट कसैको नाम नदिइने तय भएको छ भने जसपाको महन्थ(महतो खेमाले उपसभामुखसहित १० मन्त्री मागेकोले अलि पछि मात्र उनीहरूको हकमा टुंगो लाग्ने सम्भावना छ ।

बिना बिभागीय उपप्रधानमन्त्री इश्वर पोख्रेललाई महासचिवको हैसियतमा पार्टी सम्हाल्न या सरकारमा रहनेमध्ये एउटा रोज्न भनिएको छ । अध्यक्ष र महासचिव दुबै सरकारमा रहँदा पार्टी काम लथालिङ्ग हुन पुगेको प्रधानमन्त्रीलाई महसुस भएको बालुवाटार श्रोतको दावी छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली,अर्थमन्त्री बिष्णु पौडेल र भौतिक योजना मन्त्री वसन्त नेम्वाङको दोहोरिने सम्भव प्रवल देखिएको छ ।

साँसद बिना छ महिनाभन्दा ज्यादा मन्त्री बन्न संबैधानिक कठिनाइ हुने कारण पूर्व माओवादी नेताहरु रामबहादुर थापा बादल,टोपबहादुर रायमाझी,लेखराज भट्ट,दावा लामा,गौरीशंकर चौधरी,बिमला बिकलगायतको हकमा के हुने प्रष्ट भैसकेको छैन ।

टिप्पणीहरू