दूतावास धाएर देश र मधेसलाई देन

दूतावास धाएर देश र मधेसलाई देन

विपक्षीहरुलाई बहुमत पुग्न नदिएर केपी ओलीलाई पुन: सत्तारोहण गराउने खेलको मुख्य दुई पात्र बनेका जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफ्नै सांसदलाई गुमराहमा राखेको रहस्य खुलेको छ ।

शुरुमा सरकारबारे निर्णय गर्न बैठक बस्ने भन्दै दिउँसो बबरमहलमा बोलाएर सांसदहरुलाई भक्तपुरस्थित डोलेश्वर रिसोर्टमा थुनिएको थियो ।

ओलीलाई समर्थन गर्ने ठाकुर र महतोको निर्णयउपर बिद्रोह हुनसक्ने छनक पाएपछि सांसदहरुलाई भेडा बाख्रा जसरी थुनेर होटलमा राखिएको जसपाकै नेताहरु बताउँछन् । एक नेताका अनुसार बैठकका लागि भन्दै ठाकुर आफैंले सांसदहरुलाई फोन गरेर बोलाएका थिए ।

“ठाकुर र महतोले दूतावासमा को-कोलाई भेटे र के-के कुराकानी भयो बाहिर आएको छैन । त्यसअगाडि नै उनीहरुले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटिसकेका थिए ।”

बबरमहलस्थित बन कार्यालयको रेन्जर संघ र मधेसी कर्मचारीहरुको कार्यालयलाई पार्टी अफिस बनाएका महन्थहरुले सांसदहरुलाई त्यहिँ बोलाएका थिए । अध्यक्षले बोलाएपछि दौडिदै जम्मा भएका १४ सांसदलाई बैठक नबसाली सीधै डोलेश्वर भिलेज रिसोर्ट लगिएको थियो ।

सांसदहरुलाई होटेलमा थुनेर बैठक छ भन्दै त्यहाँबाट निस्केका दुई भाइ सरासर लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए । ठाकुर र महतोले दूतावासमा को-कोलाई भेटे र के-के कुराकानी भयो बाहिर आएको छैन । त्यसअगाडि नै उनीहरुले प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटिसकेका थिए ।

देश गम्भीर राजनैतिक परिस्थितिबाट गुज्रिरहेका बेला बिदेशीहरुसंग गोप्य भेटघाट गर्नुलाई रहस्यमय मानिएको छ । यसको जवाफ ठाकुर र महतोले दिनुपर्ने ती नेता बताउँछन् । पार्टीले प्रधानमन्त्रीमा प्रस्ताव गर्दासमेत नमानेर ओलीलाई नै समर्थन गर्छु भन्नु र बिदेशीहरुसँग लुकीलुकी भेटघाट गर्नुको पछाडि गम्भीर खेल रहेको बताइन्छ ।

यो मधेशी,जनजाति,मुस्लिम, अल्पसंख्यक समुदाय र सिंगो मुलुकमाथिको धोका हो,यसको हिसाबकिताब जनताले खोज्छ’, उनी भन्छन् ।  हिजो बिहान बूढानिलकन्ठमा देउवालाई भेटी ‘मुन्टो हल्लाएर’ निस्केका उनीहरु भारतीय दूतावासको परामर्शपछि ओलीको समर्थनका लागि चट्टानी अडानमा बसेको बताइएको छ ।

जसलाई संघीयता,समावेशी र समानुपातिक प्रणालीको विरोधी भनिएको थियो,जसले मधेस र मधेसीको अपमान गरेको थियो, उसैलाई समर्थन गर्न आफ्ना सांसदहरुलाई समेत बन्धक बनाइनुको पछाडि ठूलो खेल भएको छ,यसको जवाफ उनीहरुले संघीय संसद,पार्टी र नेताहरुलाई दिनुपर्छ ,

देशमा महत्वपूर्ण राजनीतिक निर्णय भैरहेका बेला पार्टीको बैठक रोकेर दिउँसै भारतीय दूतावास छिर्नु देश र जनताप्रतिको गद्दारी भएको उनको भनाइ छ ।

स्मरण रहोस्,अस्ति प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै गर्दा भारतकै सल्लाहमा ठाकुर पक्ष तटस्थ बसेको भारतीय सत्तापक्षका एक नेताले खुलासा गरिएदिएका थिए ।

ती नेताले दिल्लीको समर्थन ओलीलाई रहेको र उनलाई फेरि सत्तामा पुर्याउने उध्देश्यका साथ ठाकुर पक्षलाई तटस्थ राखिएको प्रष्ट पारेका थिए ।

टिप्पणीहरू