निषेधाज्ञा उल्लंघन गर्ने ६ हजार ७ सय ८२ जना होल्डमा

निषेधाज्ञा उल्लंघन गर्ने ६ हजार ७ सय ८२ जना होल्डमा

विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा प्रहरीले पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ६ हजार ७ सय ८२ जनालाई होल्डमा राखी सम्झाई बुझाई छाडेको छ ।

सो क्रममा ६ सय २४ वटा चार पाङ्ग्रे र २ हजार १ सय २१ वटा मोटरसाइकल गरी २ हजार ७ सय ४५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

साथै, नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ७१ जनालाई निःशुल्क मास्क समेत वितरण गरिएको छ ।

अभियानको क्रममा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ६ सय ४१ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना समेत गरिएको छ ।

साथै देशभर माइकिङ तथा सचेतनामूलक कार्यक्रम अन्तर्गत १६ हजार २ सय ६५ जनालाई सचेत गराइएको पनि प्रहरीले जनाएको छ ।

टिप्पणीहरू