अरु देश ठप्प,कोरोनाको तेस्रो लहरको चेतावनी

अरु देश ठप्प,कोरोनाको तेस्रो लहरको चेतावनी

भारतमा कोरोनाको दोस्रो लहरले ठूलो क्षति पुर्याउँदा पनि यसलाई अझै सर्वसाधारण र सरकारी निकायले हलुका ढंगले लिएको पाइन्छ ।

संक्रमणले अझ उग्र रुप लिएमा र सावधानी नअपनाएमा जनसंख्याको एउटा महत्वपूर्ण अंश नै लोप हुनसक्ने चेतावनीपूर्ण सन्देशहरु सार्वजनिक हुन थालेका छन् ।

विश्वभर कोरोनाको दोस्रो लहर शुरु भएपछि क्यानाडाले उसका सम्पूर्ण उडानमाथि प्रतिबन्ध लगाएको छ । त्यहाँ दैनिक मृत्यु हुनेको संख्या बढ्दो छ ।

घर बाहिर ननिस्कन र आफ्नो घरभित्र कुनैपनि नातेदार, छरछिमेक तथा साथीभाइलाई प्रवेश नगराउन समेत भनिएको छ ।

साउदी अरेबियाले पनि आफ्ना सबै उडानमा प्रतिबन्ध लगाएर सुरक्षित बस्न कोशिस गरिरहेको छ । उता दक्षिण अमेरिकाको कोलम्बिया पूर्णरूपमा बन्द छ । ब्राजिल त्यस्तै समस्यामा परेको छ ।

स्पेनले आपतकाल वा संकटकालको घोषणा गर्ने सम्भावना बढ्दै गएको छ । बेलायतले एक महिनाको लकडाउन घोषणा गरिसकेको छ ।

फ्रान्सले पनि दुई हप्ताको निम्ति लकडाउन भनेको छ । जर्मनीले चार हप्ताको लागि सीमा बन्द गरेको छ । इटाली पनि त्यस्तै खालको निर्णय गर्ने मनस्थितिमा पुगेको देखिन्छ ।

अधिकांश देशले कोरोनाको तेस्रो लहर झन घातक हुने ठहरसहित उक्त निर्णय गरेका हुन् । यसअघि विश्वमा फैलिएको स्पेनिस फ्लुमा पनि तेस्रो लहर सबैभन्दा घातक देखिएको भन्दै उनीहरुले सजगता अपनाएका छन् ।

त्यसैले संक्रमणबाट जोगिनको निम्ति स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाउन सम्बन्धित निकायले सर्वसाधारणलाई आग्रह गरिरहेको छ । साथै,अनावश्यक ढंगले घर बाहिर ननिस्कन र आफ्नो घरभित्र कुनैपनि नातेदार, छरछिमेक तथा साथीभाइलाई प्रवेश नगराउनसमेत भनिएको छ ।

यता,महाराष्ट्रमा कोरोनाको नयाँ भेरियन्ट बी १.६१७ को कारण भारतमा बेलायती भेरियन्टभन्दा नयाँ भेरियन्टले बढी संक्रमण गराएको बताइएको छ ।

यसैबीच भारत सरकारले बुधबार बताएअनुसार बेलायती भेरियन्टको संक्रमण घट्दै गइरहेको बेला देखिएको पछिल्लो भारतीय भेरियन्टले कोभिड रोगलाई झन् बढी जटिल र संक्रमण बिस्तार गर्ने छ ।

भारत सरकारको राष्ट्रिय रोग नियन्त्रण केन्द्रका निर्देशक सुजित सिंहका अनुसार ‘बेलायती भेरियन्टभन्दा महाराष्ट्रमा फेला परेको नयाँ भेरियन्टको कारण पछिल्लो डेढ महिनामा कोरोना संक्रमण अस्वाभाविक ढंगले बढेको हुनसक्छ ।’

टिप्पणीहरू