कोरोना संक्रमणबाट एकै दिन २ सय १४ जनाको मृत्यु

कोरोना संक्रमणबाट एकै दिन २ सय १४ जनाको मृत्यु

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ सय १४ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित सिट रिपमा उक्त अवधिमा ८ हजार ९ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । सो अवधिमा १९ हजार ४ सय ७४ पीसीआर तथा ७ सय ७१ जनामा एन्टिजेन गरी २० हजार २ सय ४५ जनामा परीक्षण गरिएको थियो ।

आज नेपालमा ५ हजार ५५ जना संक्रमण्मुक्त भएका छन् । हालसम्म ४ हजार ४ सय ६६ जनाले ज्यान गुमाएका छन् ।

टिप्पणीहरू